यो साता नेप्सेमा २ करोड ९ लाख कित्ता शेयर सूचीकृत

६ असार २०८३, शनिबार ०८:२०

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर सूचीकृत भएको छ।

नारायणी विकास बैंक लिमिटेडको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर, याम्बालिङ्ग हाइड्रोपावरको ७० लाख कित्ता शेयर र टक्सार पिखुवा खोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको हो।

याम्बालिङ्गको २८ लाख कित्ता आईपीओ र ४२ लाख कित्ता संस्थापक शेयरधनीले लगानी गरेको शेयर सूचीकृत भएको हो भने टक्सार पिखुवा खोलाको ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ र ७७ लाख ६९ हजार ३३२ कित्ता संस्थापक शेयरधनीले लगानी गरेको शेयर सूचीकृत भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*