इभी गाडीमा वारेन्टीको रकममा बीमा जोड्नेदेखि रकम डब्बल गरेर सर्भिस गर्नेसम्मको समस्या

काठमाडौं । विद्युतीय सवारी साधन (इभी गाडी)मा वारेन्टीको रकमदेखि रकम डब्बल गरेर सर्भिस गर्नेसम्मको समस्या देखिएको छ।
विद्युतीय सवारी साधनहरुको बीमा भएको कारण नै सर्भिसिङ्गमा डब्बल चार्ज लगाउने देखि वारेन्टी अवधिको खर्चमा पनि बीमा दाबी जोड्नेसम्म पाइएको भन्दै सरोकारवालाहरुले चिन्ता सरोकारवालाहरुले व्यक्त गरेका छन् ।
बीमा सर्भेयर संघले आयोजना गरेको कार्यक्रममा यस बिषय औल्याइएको हो ।
नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) ले आयोजना गरेको ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः वर्तमान चुनौती र उदीयमान प्रवृत्तिहरू’ विषयक एक दिने कार्यक्रममा यस्तो निष्कर्ष प्रस्तुत गर्दै तत्काल नियमले र सर्भेयरहरुले इभी गाडीमा बीमा गर्दा यस्ता बिषयमा ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा सहभागी सर्भेयरहरुले इभी गाडीको वारेन्टीमा पर्ने सामानहरु पनि बीमामा राखिदिने गरेको गुनासो गरेका छन् ।
साथै कार्यक्रममा सहभागी अर्का सर्भेयरले बीमा दाबी गर्ने समयमा जति सर्भिसको रकम छ, त्यस्को दोब्बर बनाउने परिपाटि पनि देखिएको गुनासो गरेका छन् ।












