यस्ता छन् आजको मन्त्रिपरिषदको बैठकका ६ निर्णयहरू

५ असार २०८३, शुक्रबार १८:१२

काठमाडौं । नेपाल सरकारको आज असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषदका बैठकले ६ वटा निर्णयहरू गरेको छ।

नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृति गर्ने निर्णय पनि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*