एकदिनमै उपत्यकाभित्र २५ सय चालक कारवाहीमा, २२ लाख जरिवाना संकलन

५ असार २०८३, शुक्रबार १०:५३

काठमाडौं । असार ५ गते बिहान ६ बजेसम्म (चौबीस घण्टाको अवधिमा) काठमाडौं उपत्यकाभित्र मात्रै २, ५५६ जना सवारी चालक ट्राफिक कारवाहीमा परेका छन् भने २२ लाख ३९ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०६ जना, अफलाइन राइड शेयरिङ गर्ने १५४ जना, रातो बत्तीमा सवारी चलाउने १०७ जना, ओभर स्पीडमा सवारी चलाउने १८३ जना चालक कारवाहीमा परेका छन्।

त्यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ९७ जना, सडक फुटपाथमा सवारी साधन पार्किङ गर्ने ९८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, यान्त्रिक अवस्था ठीक नभएको सवारी साधन चलाउने ३० जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १,६७२ जना चालकमाथि कारवाही गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*