आइपीओ निष्काशन प्रस्तावसहित रिलायबल नेपाल लाइफको कहिले बस्दैछ साधारण सभा ?

२८ आश्विन २०७९, शुक्रबार १६:४०

काठमाडौं । आइपीओ निष्काशन प्रस्ताव सहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा यहि कात्तिक ६ गते बस्दैछ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको पाँचौ सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने जारी पुँजीको ३० प्रतिशत शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*