ज्योति लाइफ इन्स्योरेन्सद्धारा घरमै पुगेर बीमा बापतको रकम भुक्तानी

३० आश्विन २०७९, आईतवार १७:५७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स चरिकोट शाखाले बीमितलाई मृत्यु दाबी बापतको रकम भुक्तानी घरमै पुगेर दिएको छ ।

मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी निवासी मैना तामाङका श्रीमान रमेश तामाङलाई बीमा बापतको रकम भुक्तानी गरिएको शाखा प्रमुख चुडा बहादुर श्रेष्ठले जानकारी दिए। मैनाले आफू प्रस्तावक बसी ज्योति लाईफ इन्स्योरेन्समा २०७७ सालमा पाँच लाख बिमाङ्क रकमको ज्योति सुनौलो भबिष्य बाल जीवन बीमा र १८ बर्षे म्यादी जीवन बीमा गरेकि थिईन।

प्रस्तावक मैना तामाङको २०७९ श्रावण ५ गते मृत्यु भएपछि दाबी भुक्तानी शनिबार बिमितकै घरमा एक कार्यक्रमको आयोजना गरेर मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले रमेशलाई ४ लाख ६७ हजार ८ सय ८ रुपैयाँ र कान्छो छोरा जेम्स तामाङलाई मासिक शैक्षिक खर्च बापत २ महिनाको १० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । बिमितले बीमा बापत २ किस्ताको ६४ हजार ३ सय ८४ रुपैयाँ भुक्तानी गरेका हुन ।

अबदेखि बच्चाको लागि मासिक शैक्षिक खर्च बापत प्रत्येक महिना ५ हजारका दरले १५ बर्ष सम्म बच्चाको बैंक खातामा जम्मा गरिदिने र बीमाको प्रत्येक बर्ष गर्नुपर्ने नवीकरण बापतको १५ बर्षको बिमाशुल्क पनि छुट हुनेछ । बीमा समाप्ति मितिमा पाँच लाख रुपैयाँ र आर्जित बोनस बिमित जेम्स तामाङलाई एकमुष्ट भुक्तानी गर्ने शाखा प्रमुख श्रेष्ठले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*