ज्योति लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ मा परिवर्तन गर्ने

३१ आश्विन २०७९, सोमबार ११:०३

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति लिई गत साउन २४ गते बसेको विशेष साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात परिवर्तन गर्न लागेको हो ।

कम्पनीका अनुसार हाल रहेको संस्थापक र साधारण शेयरको अनुपात ७०ः३० मा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत ५१ः४९ प्रतिशत कायम गर्न लागिएको हो ।

साथै कम्पनीको कोही संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न इच्छुक नभएमा सोही अनुसारको स्वघोषणा गरी एक साताभित्र कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर काठमाडौं वा कम्पनीको इमेल मा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यद्यपि तोकिएको अवधिभित्र कुनै पनि स्वघोषणा प्राप्त नभएमा संस्थापक शेयरधनीहरुले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न स्वीकृत प्रदान गरेको मानिने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*