वार्षिकोत्सवको अबसरमा सिटिजन लाइफले गऱ्यो गोरखकाली मन्दिर सरसफाइ

१ कार्तिक २०७९, मंगलवार १३:०२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले बृहत सरसफाइ कार्यक्रम गरेको छ ।

कम्पनीले ५ औं बार्षिकोत्सवको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको र सोहि अनुरुप आज बिहान गोरखकाली मन्दिर परिसर हुंदै पार्किङ समेत सफा गरि डस्टबीन बितरण गरोएको शाखा प्रबन्धक हरिहर आचार्यले बताए ।

आज बिहान ८ बजे देखि सुरु भएको उक्त कार्यक्रममा सिटिजन लाइफका कर्मचारी, अभिकर्ता तथा बीमित, जनप्रतिनिधि, साथै पदेलथोक टोल विकास संस्थाका अध्यक्ष एवं टोलबासि, शैक्षिक भ्रमणमा आएका विद्यार्थी साथै मन्दिरका कर्मचारीको समेत सहभागिता रहेको थियो ।

स्थानिय टोल बिकास संस्थाका अध्यक्ष मंगल थापाले सिटिजन लाइफले उदाहरणीय कार्य गरेको भन्दै धन्यवाद दिए भने शाखा प्रबन्धक हरिहर आचार्यले एक दिनको समयले हाम्रा वरिपरि पुरै सफा गर्न नसकिने तर यसले समुदायमा सकारात्मक सन्देश जाने बताए ।

२०७४ कार्तिक २ गते देखि कारोवार सुरु गरेको सिटिजन लाइफको नवीनतम विशेषताहरु सहित आएको डबल  बोनस, दुइगुणा वीमाङ्क सुबिधा, घातक रोग उपचार खर्च र बालबच्चाको उच्च शिक्षाको लागि धेरै रुचाइएका वीमा योजनाहरु रहका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*