सिटिजन लाइफ हेटौडा शाखाद्धारा मनकामना मन्दिरलाई डस्टविन हस्तान्तरण

१ कार्तिक २०७९, मंगलवार २२:५६

हेटौडा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा बागमति प्रदेशको राजधानी हेटौडास्थित मनकामना मन्दिर सरसफाई गर्नुको साथै डस्टबिन हस्तान्तरण गरेको छ ।

सिटिजन लाइफको मकवानपुरको हेटौडाा शाखाका प्रमुख राधेश्याम आचार्यले मन्दिरलाई डस्टबिन हस्तान्तरण गरेका छन् ।

जिल्लामा कार्यरत बीमा अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरहरुको उपस्थितिमा मन्दिर परिसरमा सरसफाई कार्यक्रम समेत आयोजना गरिएको छ । हेटौडा बजारबाट उत्तरतर्फ गढीगाउँपालिकाको डाँडामा रहेको मन्दिरको सरसफाई र डस्टविन हस्तान्तरणसँगै फोहोर व्यवस्थापन हुने भएको छ ।

यसैबीच, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ बार्षिकोत्सवको अवसरमा हेटौंडा शाखाले आगामी कार्तिक ५ गते हटिया चिसापानी चोकमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्ने जनाउँदै उक्त खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइदिनु हुन सम्पुर्ण महानुभावहरुमा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*