बीमासहित देशमा सबै क्षेत्रमा उच्च गिरावट, तीन महिनामा सुधार हुदैछः नेपाल उद्याेग बाणिज्य महासंघ

२ कार्तिक २०७९, बुधबार १८:५३

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघले आज शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

महासंघका अध्यक्ष गोल्छाले भने, आर्थिक संकटको असरले बीमा क्षेत्रसमेत प्रभावित भएको छ । निर्जीवन बीमा मात्रै नभएर जीवन बीमा क्षेत्र समेत नराम्ररी घटेको छ ।निर्जिवन बीमा क्षेत्रमा प्यानडामिक पछि व्यापार विस्तारमा कमी आएको कारण असर देखिनु स्वभाविक नै रहेपनि जीवन बीमाको व्यापारमा समेत गिरावट आँउनु ठूलो चिन्ताको बिषयमा रहेको बताए ।

महासंघका अध्यक्ष गोल्छाले पछिल्लो समय गाडी मोटर मात्रै नभई, सिमेन्ट, छड, लत्ता कपडा, फुटवेयर, खुद्रा व्यापार, औद्योगिक उपकरण सबै सामानको माग घटिरहेकाले यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई कठिन भइरहेको गुनासो गरे ।राष्ट्र बैंकले कर्जा प्रवाहमा यसै गरी कडाइ गर्ने हो भने धेरै व्यवसायी टाँट फल्टिने जोखिम भएकाले बजार चलायमान हुने व्यवस्था गर्न राष्ट्र बैंकसम्क्ष माग गरेको छ । कार्यक्रममा उनले अबको तीन महिनामा अर्थत्न्त्र सुधारको बाटोतर्फ लाग्ने बताए ।

उनले कोरोनाको प्रभाव, बाह्य क्षेत्रको असन्तुलन र तरलता लगायतका समस्याका कारण व्यवसायहरुमा समस्या देखिएको कार्यक्रममा बताए । अर्थतन्त्रमा आएको समस्याले उद्योगी व्यवसायी मात्र नभई सबै वित्तिय क्षेत्रमा यसले पारेको प्रभावको बारेमा कार्यक्रममा प्रकाश पारेका थिए ।

शोधानान्तर घाटा बढ्नु, विदेशी संचिति घट्नु, ब्याजदर अधिकतम बढेर १८ प्रतिशतसम्म पुग्नेले समस्या भएको उनले कार्यक्रममा बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*