प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

३ कार्तिक २०७९, बिहीबार १०:३६

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैठकले आव २०७७।७८ को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७७ करोड रुपैयाँको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपनि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*