हिमालयन रि इन्स्योरेन्सको दोस्रो साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावित एजेण्डा

३ कार्तिक २०७९, बिहीबार ११:२६

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा भोलि (कात्तिक ४)गते बस्दैछ । कम्पनकिो गत असोज ३ गते बसेको संचालक समितिको बैठकले सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभाले प्रबन्धपत्र तथा नियममावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलार्य आवश्यक सम्पूर्ण अधिकार प्रयोजन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान समेत गर्नेछ ।

यसका अलावा कम्पनीको उक्त सभाले सामान्य प्रस्तावबमोजिम आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसुचीहरुसहितको वित्तीय विवरणामाथि छलपल गरी पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*