नेपाल लाइफले अभिकर्ताहरुको लागि ल्यायो तिहार स्किम, उत्कृष्टले चाँदीको सिक्का पाउने

३ कार्तिक २०७९, बिहीबार १४:०९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुको लागि तिहार स्किम ल्याएको छ। कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने हेतुले यो स्किम ल्याएको जवनाएको छ ।
कम्पनीले तिहारको लागि नेपाल लाइफ तिहार धमाका स्किम ल्याएको हो ।

जसमा ५ हजार प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले चाँदीको सिक्का उपहार पाउनेछन् । अभिकर्ताले २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क बराबर एउटा चाँदीको सिक्का उपहार पाउनेछन् ।

टिम विजनेसतर्फ पाँच लाख प्रिमयम बराबर १० ग्रामको चाँदीको सिक्का पाउने भएको छ ।यो योजना अभिकर्ताहरुको लागि कात्तिक १ गतेदेखि ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*