गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित हुने

४ कार्तिक २०७९, शुक्रबार ०६:००

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीले आज (कात्तिक ४ गते) सभा डाकेको हो ।

संचालक समितिको बैठकको निर्णयअनुसार सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले समितिबाट पेश भएको यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*