हिमालयन रि इन्स्योरेन्स कम्पनीको साधारणसभा आज बस्दै

४ कार्तिक २०७९, शुक्रबार ११:०४

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको साधारणसभा आज बस्दैछ । कम्पनीको गत असोज ३ गते बसेको संचालक समितिको बैठकले सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभाले प्रबन्धपत्र तथा नियममावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलार्य आवश्यक सम्पूर्ण अधिकार प्रयोजन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान समेत गर्नेछ ।

यसका अलावा कम्पनीको उक्त सभाले सामान्य प्रस्तावबमोजिम आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसुचीहरुसहितको वित्तीय विवरणामाथि छलपल गरी पारित गर्नेछ । कम्पनीले पुनर्बीमा ब्यवसाय संचालन गरेको भर्खरै दुई वर्ष मात्रै हुन लागेको छ । कम्पनीले सर्वसाधारणमा हालसम्म शेयर जारी गरेको छैन । यसर्थ कम्पनीको प्रस्तावमा शेयर जारी तथा लाभांश प्रस्तावहरु समावेश छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*