गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

४ कार्तिक २०७९, शुक्रबार १४:३३

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा सम्पन्न भएको हो ।सभामा कम्पनीले सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले समितिबाट पेश भएको यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह प्रस्ताव पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत पारित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*