हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

४ कार्तिक २०७९, शुक्रबार १५:५५

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौँ ठमेल स्थित होटल अलफ्टमा आज सम्पन्न भएको हो ।सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी सभाले साधारण प्रस्ताव अन्तर्गत आगामी आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षकको नियुक्ति तथा संचालकको पारिश्रमिक तथा भत्ता समेत निर्धारण गरेको छ ।

कम्पनीको साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभाको अवसर पारेर कम्पनीको संचालक समितिका तर्फबाट अध्यक्षले कम्पनी स्थापनाको दाश्रो वर्षमा नै अद्वितिय उपलब्धि हासिल गर्न सफल भएकोमा कम्पनीका व्यवस्थापन तह लगायत अन्य सम्पूर्ण कर्मचारीहरु प्रति कृतगता समेत व्यक्त गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*