समयमा साधारणसभा गर्न गुराँस लाइफलाई बीमा समितिको निर्देशन

४ कार्तिक २०७९, शुक्रबार १६:१७

काठमाडौं । बीमा समितिले वित्तिय विवरणमा समस्या भएको भन्दै ८ बुँदे सुझाव दिएको छ। बीमा समितिले आर्थिक बर्षको ७६र७७ को कम्पनीको वित्तिय विवरण बीमा ऐन अन्तर्गत पालना नभएको भन्दै वित्तिय विवरण निर्देशनको निर्देशन नं ७, ५, ७।६ र ७।७७ अनुरुप बार्षिक प्रतिवेदनमा समावेश गर्न र साधारणसभामा पेश गर्न निर्देशन दिएको थियो । कम्पनीले बीमा समितिले दिएको ८ बुँदे निर्देशन पालना गर्ने प्रतिकृया जनाएकोछ ।

बीमा समितिले बीमा ऐन लागु गर्न, अधिनमा रहेर मात्रै पेश्की प्रदान गर्न, जोखिम व्यवस्थापन सम्बन्धी कार्य गर्न, आन्तरिक नियन्त्रण प्रणली सुदुढ बनाउन, दाबी भुक्तानी प्रकृया प्रभावकारी बनाउन, लेखापरिक्षकले औल्याएको सम्पूर्ण कैफियतहरु पुन नदोहराउन र बीमा समितिबाट वित्तिय विवरण पारित भएको ६० दिनभित्र साधारणसभा गर्न निर्देशन दिएको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*