एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

४ कार्तिक २०७९, शुक्रबार १७:०१

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

विराटनगर–५ का स्थायी ठेगाना भएका बीमित भक्त लामा मोक्तानको गत साउन ३ गते बिरामी भई उपचारको क्रममा मृत्यु भएका कारण कम्पनीले उनकी श्रीमति हकवाला ज्ञान कुमारी तामांनीलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले ज्ञान कुमारीलाई कात्तिक ४ गते कार्यालयमा एक कार्यक्रम आयोजना गरि बीमा वापतको १ लाख ३५ हजार ५८६ रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । उक्त चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीद्वारा हस्तान्तरण भएको हो । मृतक बीमितले एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा साबधिक जीवन बीमा योजनामा १ लाख १ हजार रुपैयाँको बीमा गरेका थिए ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य सुनिश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको, बीमितहरुले छिटो छरितो र सरल तरिकाले मृत्यु दाबी भुक्तानी पाउने गरेको र बीमा भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितहरुलाई बीमा गर्नुपर्ने धारणा ब्यक्त गरे ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*