सूर्या र ज्योति लाइफबीच मर्जरबारे अन्तिम सम्झौता, नाम सूर्याज्योति, अध्यक्ष सूर्याका भट्टराई र सिईओ ज्योति लाइफका खत्री बन्ने

४ कार्तिक २०७९, शुक्रबार २२:२६

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ बीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुुगेको छ । दुवै कम्पनीले आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सूर्या लाइफ र ज्योति लाइफका बीच कम्पनीको डिडिए र एक्चुरियल भ्याजुएशनको आधारमा तय भएको स्वाप रेसियो १००ः८२।४५ कायम गर्ने सम्झौता भएको छ ।

आज भएको अन्तिम सम्झौता अनुससार नयाँ बन्ने कम्पनीको नाम सूूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ । त्यस्तै, नयाँ बन्ने कम्पनीको अध्यक्ष सूर्या लाइफका केशव प्रसाद भट्टराई बन्नेछन् । त्यस्तै दुवै कम्पनीबाट तीन तीन जना सञ्चालकहरु नयाँ कम्पनीको सञ्चालकक बन्नेछन् ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको सिईओ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रकाश विक्रम खत्री बन्नेछन् । त्यस्तै सूर्या लाइफका पवन कुमार खड्का सिनियर डिसिईओ बन्नेछन् । मर्जरपछि कम्पनीको चुक्ता पुँजि चार अर्ब ५५ करोड हुनेछ । कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरी पाँच अर्ब चुक्ता पुँजि पुर्याउनेछ ।

दुई कम्पनीका बीचमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएपनि दुवै कम्पनीको विशेष साधारणसभाबाट पारित भई नियामकीय प्रक्रिया पूरा गरेपछि मात्रै मर्जर प्रक्रिया पुरा भई एकीकृत कारोबार सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*