विविध कार्यक्रमका साथ सिटिजन लाइफले बार्षिकोत्सव मनाउँदै

५ कार्तिक २०७९, शनिबार १९:२८

काठमाडौं। सिटिजन लाइफले पाँचौ बार्षित्सव भव्यताका साथ मनाईदैछ । कम्पनीको केन्द्रिय कार्यालयदेखि देशैभरमा अवस्थित कम्पनीको शाखामा विविध कार्यक्रमका साथ मनाईदैछ । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफले आज विहान राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौं सहभागीहरुले जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित नगर परिक्रम गरेर जनतालाई बीमा सचेतना जगाउने प्रयत्न गरेका छ ।

रुपन्देही ,सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको पाचौं स्थापना दिवसको अवसरमा आज मुर्गिया शाखाको आयोजनामा बृहत् सरसफाई तथा डस्ट्बिन वितरण कार्यक्रम दुर्गा भवानी मन्दिर सैनामैना ३ मा सम्पन्न भएको छ ।

कम्पनीका क्षेत्रिय प्रबन्धक दुर्गाराज ढकालको सभापतित्व तथा सैनामैना नगरपालिका वार्ड न९४ का वार्ड अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी सैनामैना९४ का वार्ड अध्यक्ष तमबहादुर पुर्जा श्री दुर्गा भवानी मन्दिरका अध्यक्ष प्रेमबहादुर बानिया उधोग बाणिज्य संघ सैनामैनाका अध्यक्ष प्रेमबहादुर खड्का सैनामैना ब्यापार संघ का अध्यक्ष सुरेन्द्र पौडेल सालझण्डि स्वास्थ्य चौकीका प्रमुख बुद्दीप्रसाद ज्ञवाली सैनामैना रेडक्रसका कोषाध्यक्ष थानेश्वर न्यौपाने लगायतले स्थापना दिवस तथा सिटिजन लाईफ ईन्स्स्योरेन्स कम्पनिले समाजमा गरेका सामाजिक कार्यहरुको उच्च प्रशंसा गरेको थियो ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय रन्यौरा तथा साल्झण्डि परोहा माध्यमिक बिधालय बोलबम धाम तीन र चार वार्ड कार्यालय तथा सामाजिक संघ संस्थालाई फोहोर मैला ब्यवस्थापनका लागि सहज होस भन्ने उदेश्यका साथ डस्ट्बिन वितरण गरिएको थियो।

बीमा मानिसले हरेक बस्तुको गरिरहेको हुन्छ तर आफ्नो बीमा गर्नु पर्छ भन्ने महशुस नगरेको हुँदा बिमा सचेतना कार्यक्रमहरु गाउँ गाउँमा ल्याउन जरुरी छ भन्दै सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीले दुर्गा भवानी मन्दिरमा आई २२ थान डस्ट्बिन बितरण गरेको हो।
उक्त कार्यक्रम सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनिका एजेन्सी म्यानेजर आशा पोखरेलले सन्चालन गर्नुभएको थियो भने स्वागत मन्त्ब्य एजेन्सी म्यानेजर अर्जुन न्यौपाने राखेका थिए ।

रुपन्देहीमा देशमा महामारीको रुपमा डेंगु रोग अहिले फैलिरहेको छ । नेपाल सरकारले डेंगु रोगले नेपालभर १२ हजारभन्दा बढि मानिसहरु संक्रमित भइसकेको बताएको छ । अत नेपालमा यही रोगको कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ५औ बार्षिकोत्सबको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स बुटवल एरियाद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा रक्तसञ्चार केन्द्र बुटवलमा उक्त कार्यक्रम सम्पन्न भएको छ। सिटिजन लाइफ इन्स्योरेन्स बुटवल एरियामा कार्यरत कर्मचारी र एजेन्सीहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा बिभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए ।

यस महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा सिटिजन लाइफ इन्स्योरेन्सले गौरव महशुस गरेको छ । कम्पनीले गरेको यस महान कार्यबाट धेरै विरामीहरुको अकालमा रगतको अभावमा ज्यान जानबाट सुरक्षित हुन मद्धत पुग्नेमा कम्पनी बिश्वस्त रहेको कम्पनीको क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले बताए ।
सप्ताहाब्यापी कार्यक्रम गरि बार्षिकोत्सब मनाउने कम्पनीको योजना अनुरुप गरिएको यस रक्तदान कार्यक्रममा १०५ जनाले रक्तदान गरेको सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाका शाखा प्रबन्धक पुर्ण चन्द्र सुवेदी बताए ।

साथै कम्पनीले यस पछि दोश्रो कार्यक्रम निशुल्क दन्त शिबिर कार्यक्रम तिलोत्तमा १२ मोहोनाजोतमा गर्ने सुबेदीले जानकारी दिए । सिटिजन लाइफ इन्स्योरेन्सको हाल देशभर १४० भन्दा बढी शाखाहरु रहेका छन् भने ४० हजार भन्दा बढी अभिकर्ता यस कम्पनीमा आबद्ध रहेका छन ।

त्यस्तै, म्याग्दी मालिका गाउपालिका स्थित दरवाङ बजारमा शिखर इन्योरेन्स र सिटिजन लाईफ इन्योरेन्सको आयोजनामा पालिका प्रमुख बेग प्रसाद गर्बुजा , उप(प्रमुख लक्ष्मी देवि घर्तिमगर पुन , अभिकर्ता लगायत स्थानिय सर्वसाधरणहरुको उपस्थितिमा सरसफाई सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*