नेपाल लाइफको साधारणसभा मंसिर ८ गते, १५ प्रतिशत लाभांश पारित हुने, बुक क्लोज कहिले ?

६ कार्तिक २०७९, आईतवार ०९:४८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको यही कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणबाट १५।७८९ प्रतिशत लाभांश दिने प्रस्ताव सहित आगामी मंसिर ८ गते बार्षिक साधारण सभाको मिति घोषणा गरेको हो ।

उक्त सञ्चालक समितिले मंसिर ८ गते विहान ९ बजे होटल भिष्वा बीरगन्ज, पर्सामा २२ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मुनाफा वितरणसहित आव २०७७।०७८ को बार्षिक वित्तीय विरण पारित गर्ने प्रस्ताव समेत लैजाने निर्णय गरेको छ ।

कम्पनीले लाभांश वितरण तथा बार्षिक साधारणभामा भाग लिनको लागि आगामी कार्तिक १८ गते एक एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सो आधारमा आगामी कार्तिक १७ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै लाभांश लिन तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*