सूर्या लाइफ र ज्योति लाइफद्धारा कार्तिक २८ गते साधारणभा गर्ने निर्णय, मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित गर्ने

६ कार्तिक २०७९, आईतवार १०:२९

काठमाडौं । मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक २८ गते एकै दिन बार्षिक साधारणसभा आह्वान गरेका छन् ।

चुक्ता पुँजि पाँच अर्ब पुर्याउन मर्जरमा अघि बढेका दुई कम्पनीले यही कार्तिक ४ गते सम्पन्न गरेको मर्जर सम्बन्धी सम्झौतालाई साधारणसभाबाट पारित गराउन लागेका हुन् । दुवै कम्पनीको साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्तावहरु पारित भएपछि एकीकृत कम्पनीको रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा जीवन बीमा सेवा प्रवाह गर्नेछन् ।

सूर्या लाइफले आज सूचना प्रकाशन गर्दै कम्पनीको १४ औं बार्षिक साधारणसभामार्फत कम्पनी मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने जनाएको छ । साथै बार्षिक साधारणसभा भएकोले आव २०७७।७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने लगायतका अन्य नियमित निर्णयहरु पारित गर्नेछ । त्यस्तै, सो साधारणसभाले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक चयन गर्नेछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा होटल हैरिसन प्यालेस विराटनगरमा विहान ९ बजेका लागि तोकिएको छ ।

उता, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं बार्षिक साधारणसभा कार्तिक २८ गतेका लागि आह्वान गरेको छ । कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरण पारित गर्ने तथा सूर्या लाइफसँग मर्जरमा जाने सम्बन्धी सम्झौताहरु पारित गर्न साधारणसभा आह्वान गरेको छ । ज्योति लाइफको बार्षिक साधारणसभा लेकसाइड पोखरामा विहान ११ बजे हुनेछ । एकै दिन साधारणसभा भएपनि रजिष्टर्ड कार्यालय रहेको स्थानमा साधारणसभा गर्न लागिएको हो ।

मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ । सूर्या लाइफ र ज्योति लाइफका बीचमा १००ः८२।४५ रेसियोमा स्वाप हुनेछ । मर्जरपछि ज्योति लाइफको शेयर संख्या घट्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*