१८ औं सिंगापुुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आजबाट सुरु हुँदै, नेपालबाट सहभागी टोली सिंगापुरमा

१४ कार्तिक २०७९, सोमबार ०८:४३

काठमाडौं । एसियाका पुनर्बीमा सम्बन्धी सबैभन्दा ठूलो बजार भएको सिंगापुरमा १८ औं अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आजबाट सुरु हुँदैछ । सिंगापुरस्थित सिंगापुर कन्भेन्सन हलमा उद्घाटन हुने सम्मेलन कार्तिक १७ गते सम्म सञ्चालन हुनेछ ।

उक्त सम्मेलनमा  नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष तथा बीमा विज्ञ, पोखरा विश्व विद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरे र सञ्चालक मदन पोखरेल सहभागी हुँदैछन् । नेपाली टोलीहरु हिजै सिंगापुर पुगिसकेको छ ।

सिंगापुरमा हुने सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन विश्वकै चर्चित प्लेटफर्म मानिन्छ । उक्त सम्मेलनमा विश्वका ५०० भन्दा बढि कम्पनी, ५० भन्दा बढि देशबाट एक हजार १०० भन्दा बढिले सहभागिता जनाउने छन् ।

भुल सुधारः यसै समाचारमा यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपसना पौडेलको नाम भुलबस अनावश्यक रुपमा समावेश भएकोमा क्षमायाचनासहित भूल सुधार गरिएको छ । –सं.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*