तीन जीवन बीमा कम्पनीको साधारण सभा हुँदै, के–के छन् एजेण्डा ?

१४ कार्तिक २०७९, सोमबार ११:३४

काठमाडौं । तीन जीवन बीमा कम्पनीको साधारण सभा हुँदैछ । विभिन्न प्रस्तावसहित नेपाल लाइफ इन्स्योरेन्सको २२औं साधारण सभा, सूर्या लाइफको १४औं र ज्योति लाइफको पाँचौ वार्षिक साधारण सभा हुने भएको हो । तीन जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव प्रस्तावसहित एजिएम आह्वान गरेको छ भने सूर्या र ज्योतिले एक आपसमा मर्जरसम्बन्धि अन्तिम सम्झौता पारित गर्न साधारण सभा डोकेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२औं साधारण सभा आह्वान गरेको छ । कम्पनीको यही कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणबाट १५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव सहित आगामी मंसिर ८ गते बार्षिक साधारण सभाको मिति घोषणा गरेको हो ।

उक्त सञ्चालक समितिले मंसिर ८ गते विहान ९ बजे होटल भिष्वा बीरगन्ज, पर्सामा २२ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मुनाफा वितरणसहित आव २०७७।०७८ को बार्षिक वित्तीय विरण पारित गर्ने प्रस्ताव समेत लैजाने निर्णय गरेको छ ।

कम्पनीले लाभांश वितरण तथा बार्षिक साधारणभामा भाग लिनको लागि आगामी कार्तिक १८ गते एक एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सो आधारमा आगामी कार्तिक १७ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै लाभांश लिन तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा कात्तिक २८ गते सोमबार, होटेल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजेदेखि सुरु हूनेछ ।

सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सूर्या लाइफ र ज्योति लाइफ १ः०.८२ स्वाप रेसियोमा मर्ज हुँदैछन् । यस अनुसार सूर्या लाइफको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर प्राप्त गरिनेछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसारसभा कात्तिक २८ गते सोमबार, वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजेदेखि सुरु हूनेछ ।

सभामा मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ । सूर्या लाइफ र ज्योति लाइफ १ः०.८२ स्वाप रेसियोमा मर्ज हुँदैछन् । यस अनुसार सूर्या लाइफको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर प्राप्त गरिनेछ । सूर्या लाइफ र ज्योति लाइफ एकआपसमा मर्जरमा जानको लागि सम्झौता गरेसँगै धितोपत्र दोस्रो बजारमा दुवैको कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*