१८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन सुरु, सिंगापुरका मन्त्री अल्भिन तानले गरे उद्घाटन

१४ कार्तिक २०७९, सोमबार २३:५३

काठमाडौं । १८औँ सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन २०२२ आजबाट सिंगापुरको मरिना बे स्यान्ड्स एक्सपो र कन्भेन्सन सेन्टरमा सुरु भएको छ । सिंगापुरका राज्य मन्त्रालय, सञ्चार, संस्कृति, युवा समुदाय तथा व्यापार र उद्योग मन्त्री अल्भिन तानले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री तानले कोरोना महामारीपछि विश्वको बीमा व्यवसाय चुनौतिपूर्ण बनेको उल्लेख गर्दै बीमा क्षेत्रले जोखिम र कमजोरीको नयाँ युगको सामना गर्नुपरेको बताउँदै कोरोना महामारीबाट उत्पन्न हुने बढ्दो दावी र चुनौतिहरुबाट पुन निर्माण गर्ने प्रयास गरिरहेको बताए ।

नेपालका झण्डै तीन दर्जन सहभागीहरु रहेको सो सम्मेलनमा विश्वका ५० भन्दा बढि देशबाट सहभागिता जनाएका छन् । नेपालबाट करिब तीन दर्जन जनाले सहभागिता जनाएका छन् ।

‘रि कनेक्टिङ .. रि सेपिङ दि फ्युुचर’ भन्ने नाराका साथ सुरु भएको पुनर्बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा कोरोना महामारीले उत्पन्न गरेको जोखिम र बीमा जगतको नयाँ भविष्यका बारेमा छलफल हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*