सिंगापुरको पुनर्बीमा सम्मेलनमा नेपाली बीमाकर्मीहरुको सहभागिता उत्साहप्रद

१५ कार्तिक २०७९, मंगलवार १०:५४

काठमाडौं । सिंगापुरमा जारी १८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा नेपाली बीमाकर्मीहरुले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् । हिजोबाट सुरु भएको सम्मेलनमा १७ गते समापन हुनेछ ।

सिंगापुरमा जारी सम्मेलनमा विश्वभरका प्रख्यात पुनर्बीमा कम्पनीहरुको सक्रिय सहभागिता रहेको छ । नेपाली बीमा कम्पनी, पुनर्बीमा कम्पनीहरुले सम्मेलनमा उत्साहप्रद सहभागिता जनाइरहेका छन् ।

सम्मेलनमा नेपाल रि इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, बीमा विज्ञहरु, पुनर्बीमा ब्रोकर कम्पनीका प्रतिनिधिहरु, बीमा क्षेत्रमा कार्यरत भुतपूर्व सिईओदेखि वर्तमान सिईओहरु समेत सहभागी छन् । सम्मेलनमा पुनर्बीमा व्यवसाय, बढ्दो जोखिम, कोभिड र जलवायु परिवर्तनका कारण दावी भुक्तानी सुनिश्चितता जस्ता एजेण्डामाथि दर्जनौं सेसनमा छलफहरु हुनेछन् ।

नेपालबाट ३० जनाभन्दा बढिको सहभागिता रहेका छन् । उनीहरु विभिन्न सेसनहरुमा सहभागिता जनाइरहेका छन् । उक्त सम्मेलनपछि पुनर्बीमाको नविन अवधारणाबारे नेपाली बीमाकर्मीहरु माँझ आदानप्रदान हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*