नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ कार्तिक २०७९, बिहीबार ०६:००

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७)गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ कात्तिक १८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरणबाट १५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव सहित आगामी मंसिर ८ गते बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर ८ गते विहान ९ बजे होटल भिष्वा बीरगन्ज, पर्सामा २२औं बार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले मुनाफा वितरणसहित आव २०७७।०७८ को बार्षिक वित्तीय विवरण पारित गर्ने प्रस्ताव समेत लैजाने निर्णय गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*