सिंगापुरमा जारी १८ औं अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आज सकिदै

१७ कार्तिक २०७९, बिहीबार ०८:४९

काठमाडौं । विश्वभरका बीमा कम्पनीहरुका अधिकांश प्रतिनिधिहरुरु सहभागी भई पुनर्बीमाको भविष्य, जोखिम र भावी रणनीतिका सम्बन्धमा गम्भिर विचार विमर्श भइरहेको १८ औं सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आज सकिदैछ ।

यही कार्तिक १३ गतेबाट सुरु भएको सो सम्मेलनमा नेपालबाट समेत उत्साहप्रद सहभागिता रहेको छ । जनसम्बन्ध विस्तार, विभिन्न एजेण्डामाथि छलफल हुँदै अघि बढेको पुुनर्बीमा सम्मेलन आज समापन हुनेछ । सम्मेलनमा साइबर सुरक्षा, जलवायुु परिवर्तनलाई मुख्य चुुनौतिमा लिइएको छ ।

पुनर्बीमा व्यवसाय नै जोखिम हस्तान्तरण भएकोकोले कम्पनीहरुमा जोखिम विश्लेषण क्षमता अभिबृद्धिमाथि छलफल भएको छ । विभिन्न सेसनहरुमा हुने छलफलसँगै जनसम्पर्क विस्तारमा नेपाली बीमाकर्मीहरुलाई लाभदायक भएको प्रतिक्रिया कार्यक्रममा सहभागीहरुले जनाएका छन् ।

भर्खरै खुलेर पुनर्बीमा व्यवसाय ल्याउन नसकेका नयाँ कम्पनीहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्म निकै लाभदायक बन्न पुगेको छ । साथै सहभागीहरुमा जोखिम हस्तान्तरण्ण, जोखिमका चुनौति र जोखिम व्यवस्थापनमा नयाँ ज्ञान प्राप्त गर्न सम्मेलन महत्वपूर्ण सावित हुन पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*