इष्टर्न हाइड्रोपावरको आईपिओ बाँडफाँड सम्पन्न, ६२ हजारले पाए १० कित्ता, १३ लाखको हात खाली

१७ कार्तिक २०७९, बिहीबार १०:३४

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । आज विहानै ९ बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटको कार्यालयमा बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले असोज २८ गतेबाट कूल ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर जारी गरेको थियो । सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ९९६ आवेदन रद्द भई स्वीकृत भएको १३ लाख ५६ हजार २२४ आवेदक मध्येबाट गोलाप्रथाको माध्यमबाट आईपिओ बाँडफाँड गरिएको हो ।

कम्पनीका अनुसार ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । कूल ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर मध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*