असफलतामा हार नमान्ने प्लेसीस कसरी बने विश्वमै सर्वाधिक कमिशन आर्जन गर्ने बीमा अभिकर्ता

प्लेसिसले बाँडेका सफलताका मन्त्र सहित
१९ कार्तिक २०७९, शनिबार ०९:१९

काठमाडौं । असफलतामा पनि हार नमान्दा मानिस सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदारण गिडोन डु प्लेसीसबाट लिन सकिन्छ । विश्वमा यस्ता थुप्रै उदारणहरु छन् । जुन असम्भवबाट सम्भवमा सफल भएका छन् । उनले बीमा अभिकर्ता पेशमा सफल भएर यसको परिभाषालाई सपष्ट पारेका छन् ।

औपचारिक शिक्षालाई प्राथमिकतामा नराखेपनि उनले बीमा क्षेत्रमा भने उत्कृष्ट उपाधी हासिल गर्न सफल भएका छन् ।कक्षा १० मा फेल भए, त्यसपछि उनले उच्च शिक्षाका लागि कलेज गरेर अध्यापन गरेनन् ।तर पनि उनी विश्वमै सबैभन्दा धेरै कमीशन आर्जन गर्ने अभिकर्तामा चिनिन्छन् । गिडोन डु प्लेसीस दक्षिण अफ्रिकी बीमा अभिकर्ता हुन् । उनले विगत १४ बर्षसम्म बीमा क्षेत्रमा निरन्तर लागेर ७ सय बीमा पोलिसीहरु बिक्रि गरिसकेका छन् ।

प्लेसीसको सफलताको रहस्य के हो ? २३ वर्षअघि बीमा व्यवसायमा लागेदेखि अहिलेसम्म १२ वटा मन्त्र बोकेर जीवन बिताइरहेका छन् ।उनलाई अग्रणी जीवन बीमा र वित्तीय सेवा पेसेवरहरूको अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउन्ड टेबलले उनलाई उपाधी दिईसकेको छ ।

दक्षिण अफ्रिकाको केप टाउनमा बसोबास गर्दै आएका प्लेसिसले हप्ता सोमबार बिहान ५ः३० बजेदेखि आफना क्लाईन्टहरुलाई समय दिने गर्दछन् । उनी दक्षिण अफ्रिकाका विभिन्न भागहरूमा आफ्ना ग्राहकहरूलाई भेट्न २ हजार किलोमिटर उडान गर्ने गर्दछन् ।

१७ घण्टा निरन्तर खट्छन् । अफिस डेस्कहरू वा ग्राहकहरूको घरमा एक कप चियामा व्यापार गर्दै, कम्तिमा छ देखि आठजनालाई भेटछन्। र त्यसपछि गल्फ खेल्दै सप्ताहन्तमा आराम गर्छन्।
उनी सफल हुनुको प्रमुख कार्य भनेको दैनिक रुपमा एउटा वा दुईवटा बीमापोलिसी बिक्रि गर्नु हो ।

त्यसोभए प्लेसिसको सफलताको रहस्य के हो ? २५ वर्षअघि बीमा व्यवसायमा लागेदेखि अहिलेसम्म १२ वटा मन्त्र बोकेर जीवन बिताइरहेका छन् ।
उनले बीमा कसरी बेच्छन् ? त भन्ने कुरमा सबैको चासो नै हुन्छ । उनको भनाईछ । बीमा बेचेर तपाई कहिल्यै पनि सफल अभिकर्ता बन्न सक्नुहुन्न । मानिसहरू बीमालेख होइन, मानिसले मानिसको विश्वास किन्छन्, भावना किन्छन् ।

बीमा किन्ने नभई बेचिने क्रम जारी छ । त्यसोभए विचार भनेको प्रश्नहरू र थप प्रश्नहरू सोध्नु हो, ग्राहकको बारेमा सबै जानकारी सङ्कलन गर्नुहोस् र त्यसपछि समाधानको साथ उनीहरू समक्ष उपस्थित हुनुहोस् । तपाईंले कहिल्यै कसैलाई केहि बेच्नुहुन्न, बरु उसको आवश्यकता पुरा गर्न विकल्पहरू सुझाउनुहुन्छ,सहजकर्ता बन्नुहुन्छ,प्लेसिसले भने।

व्यक्तिबारे विस्तृत जानकारी हासिल गर्नमा ध्यान दिनु महत्त्वपूर्ण छ। तपाईंको ग्राहकको जन्मदिनमा उपहार वा शुभकामना सन्देश दिन नहिचकिचाँउदा यसमा पनि बीमा अभिकर्ताको ठूलो सफलता रहेको कुरा उनी बताँउछन् ।

यसबाट बीमितसँगको सामिप्यताको कारण पोलिसी ल्याप्स हुने सम्भावना निकै नै कम हुन्छ ।विभिन्न क्षेत्रमा काम गर्दै बीमा क्षेत्रमा लागेदेखि उनले आजसम्म पछाडि फर्केर हेर्न परेको छैन । उनले सबै ग्राहकहरुलाई समान रुपमा हेर्दछन् । उनको टार्गेट गुप्रमा मध्यम वर्गीय समूह नै पर्ने गरेको छ।

प्लेसिसले बाँडेका सफलताका मन्त्रहरू

दैनिक कम्तिमा ६ देखि ८ जना व्यक्तिहरू भेट्नुहोस् ।

बेच्नु भनेको भन्नु होइनस् धेरै प्रश्नहरू सोध्नुहोस् र ती प्रश्रसँगै आउने समस्याको समाधानको साथ पुनस् भेटघाट गर्न जानुहोस्।

सम्बन्धित व्यक्तिबारे प्रशस्त जानकारी संकलन गर्नुहोस् ।

जीवनमा सुशील स्वभावको बन्नुहोस् ।

आफ्नो मातहतमा अरूलाई पनि अभिकर्ता बनाएर खटाउनुहोस् ।

मानिसले मानिसको विश्वास किन्छन्, बीमालेख होइन ।

आफूलाई विषयवस्तुको बारेमा उचितरूपमा शिक्षित गर्नुहोस् ।

समय व्यवस्थापन गर्नुहोस् ।

आफूले चाहेको कुरा प्राप्त गर्नको लागि जाँगरिलो बन्नुहोस् ।

हात्तीले टोक्दैन, लामखुट्टेले टोक्छ भन्ने विचार गर्नुहोस् ।

इच्छा शक्ति बलियो बनाउनुहोस् ।

आफूलाई सधैं उत्साहित राख्नुहोस् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*