पुनर्बीमा कम्पनीहरु नेपालमा मात्रै होइन, अन्तराष्ट्रिय बजारमा जानुस्ः अध्यक्ष सिलवाल

२१ कार्तिक २०७९, सोमबार १८:४४

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु आफैले व्यवसाय गर्ने र सरकारले वातावरण मात्रै बनाउने दायित्व भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा गुमेको भन्दै चिन्ता नगर्न आग्रह गर्दै व्यवसाय आफैले खोजेर गर्न आग्रह गरेका छन् । बीमा समितिका अध्यक्ष सिलवालले पुनर्बीमा व्यवसाय एउटा देशभित्रै मात्रै बजार खोजेर नहुने भएकोले अन्तर्राष्ट्रिय बजारको व्यवसाय नेपाल भित्राउन निर्देशन दिएका छन् ।

अध्यक्ष सिवालले भने, ‘सरकारले सधैं व्यवसाय खोजिदिने होइन, पाँचवर्षपछि सरकारले दिने व्यवसाय शून्यमा झर्छ ।’ अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरुले व्यवसाय आफैले गर्नुपर्ने बताउँदै सिंगो देश नेपाल व्यवसाय भएको बताए । ‘प्रतिस्पर्धा गर्नुस्, प्रतिस्पर्धाले गुणस्तरीयता बृद्धि हुन्छ’, अध्यक्ष सिलवालले भने ।

अध्यक्ष सिलवालले व्यवसाय ल्याउने कलाको स्वस्थ प्रयोग गर्न अपिल गर्दै मेहनत गर्न आह्वान गरेका छन् । अध्यक्ष सिलवालले नौ वर्षको अवधीमा नेपाल पुनर्बीमा कम्पनीले ऐतिहासिक दायित्व निर्वाह गरेको आग्रह गर्दै अब नयाँ अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले प्रतिस्पर्धी बजारमा उत्कृष्ट व्यवसाय गरेर प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् ।

कसैले जिम्मेवारी नलिने प्रवृत्ति बढेको बताउँदै आ–आफ्नो जिम्मेवारी सबैले सम्हाल्न आह्वान गरेका छन् ।

अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीहरु नेपालमा मात्रै सीमित नभई अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसाय फैलाउन आह्वान गरेका छन् । नेपालको मात्रै व्यवसाय गरेर नाफामा जान्छु भन्ने नसोच्न आग्रह गर्दै संसारभर व्यवसाय फैलाउन आग्रह गरेका छन् । पुनर्बीमा कम्पनीहरुले समेत पुँजि बढाउनुपर्ने अवस्था आएको बताउँदै त्यसको लागि व्यवसाय बृद्धि गर्न आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*