नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्नेछः अध्यक्ष सिलवाल

२१ कार्तिक २०७९, सोमबार १८:५५

काठमाडौं । भोलिदेखि नेपाल बीमा प्राधिकरणको रुपमा कार्य गर्न गइरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ ऐन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पुबर्नीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘हामीले कन्ट्रोल गर्न खोजिरहेका छैनौं, फेसिलिएट गर्न खोजिरहेका छौं ।’

अध्यक्ष सिलवालले आफूहरु माइक्रो म्यानेजमेन्ट गर्न नचाहेको बताउँदै बीमा कम्पनीहरुको प्रभावकारी म्यानेजमेन्ट जरुरी रहेको बताए । अध्यक्ष सिलवालले बीमा दावी पर्ने वित्तिकै समस्या सुरुहुने बताउँदै अहिलेको व्यवस्थापन सम्बन्धी सोच बदल्न आवश्यक रहेको बताए । दावी भुक्तानीका सम्बन्धीमा नयाँ ऐन कार्यान्वयनपछि सम्झौता नगरिने बताए । उनले बीमा कम्पनीहरुले आफूलाई करेक्सन गर्न जरुरी रहेको बताए ।

अध्यक्ष सिलवालले नयाँ ऐनमा रहेका व्यवस्थाहरु कुनै पनि बीमा कम्पनीहरुले थाहा नपाएको भनेर गुनासो गर्न नपाउने गरी छलफल चलाइएको दावी गरेका छन् । अध्यक्ष सिलवालले नयाँ ऐनको मर्म र भावना अनुसार काम गर्न निर्देशन दिएका छन् ।

हामी सबै बीमासँग सम्बन्धित सबैले बीमा ऐनलाई बुझ्ने प्रयास गरौं । नयाँ बीमा ऐन अध्ययन गरेर अक्षरस पालना गर्न आह्वान गरेका छन् । उनले भने, ‘नयाँ ऐनमा कडा नियमहरु छन् । सचेत हुनु आवश्यक छ ।’

अध्यक्ष सिलवालले नयाँ ऐनको कार्यान्वयन प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै भने, ‘हामीले गरेका निर्णयहरु मान्न तपाईहरु बाध्य हुनुहुन्छ । निर्णय मान्नु हुन्न भने हामीले कारवाही गर्न बाध्य हुन्छौं । बीमा क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाहरु अब सहेर बस्दैनौं । आफनो दायित्व पूरा गर्नुहोला ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*