नेपाल पुनर्बीमा कम्पनीलाई अन्तराष्ट्रिय बजारको दायरा थप विस्तार गर्न सुझाव

२२ कार्तिक २०७९, मंगलवार १५:४६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नवौ बार्षिकोत्सव पूरा गरेको छ । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बीमा समिति र बीमकहरुले अन्तराष्ट्रिय बजारमा थप व्यपार विस्तार गर्न सुझाव दिएका छन् ।कम्पनीलाई बीमा समिति, बीमा समितिका पूर्व अध्यक्ष र बीमकहरुले अन्तराष्ट्रिय बजारमा समेत थप विस्तार गर्न र प्रतिस्पर्धालाई सकारात्मक लिँदै अघि बढ्न सुझाव दिएका छन् ।

बीमा समिति, अध्यक्ष सूर्या सिलावल

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु आफैले व्यवसाय गर्ने र सरकारले वातावरण मात्रै बनाउने दायित्व भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा गुमेको भन्दै चिन्ता नगर्न आग्रह गर्दै व्यवसाय आफैले खोजेर गर्न आग्रह गरेका छन् । बीमा समितिका अध्यक्ष सिलवालले पुनर्बीमा व्यवसाय एउटा देशभित्रै मात्रै बजार खोजेर नहुने भएकोले अन्तर्राष्ट्रिय बजारको व्यवसाय नेपाल भित्राउन निर्देशन दिएका छन् ।

अध्यक्ष सिवालले भने, ‘सरकारले सधैं व्यवसाय खोजिदिने होइन, पाँचवर्षपछि सरकारले दिने व्यवसाय शून्यमा झर्छ ।’ अध्यक्ष सिलवालले सबै बीमा कम्पनीहरुले व्यवसाय आफैले गर्नुपर्ने बताउँदै सिंगो देश नेपाल व्यवसाय भएको बताए । ‘प्रतिस्पर्धा गर्नुस्, प्रतिस्पर्धाले गुणस्तरीयता बृद्धि हुन्छ’, अध्यक्ष सिलवालले भने ।

अध्यक्ष सिलवालले व्यवसाय ल्याउने कलाको स्वस्थ प्रयोग गर्न अपिल गर्दै मेहनत गर्न आह्वान गरेका छन् । अध्यक्ष सिलवालले नौ वर्षको अवधीमा नेपाल पुनर्बीमा कम्पनीले ऐतिहासिक दायित्व निर्वाह गरेको आग्रह गर्दै अब नयाँ अवस्थामा नेपाल पुनर्बीमा कम्पनीले प्रतिस्पर्धी बजारमा उत्कृष्ट व्यवसाय गरेर प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् ।कसैले जिम्मेवारी नलिने प्रवृत्ति बढेको बताउँदै आ–आफ्नो जिम्मेवारी सबैले सम्हाल्न आह्वान गरेका छन् ।

प्रा.डा. फत्त बहादुर केसी
राष्ट्रिय बजारमा मात्रै नभई अन्तराष्ट्रिय बजारमा आफूलाई स्थापित गनुपर्ने जरुरी रहेको उनले बताए ।उनले नेपाल पुनर्बीमाको बार्षिकोत्सव ९ औ भएपनि १९ औ बर्षको ईतिहासले आज कम्पनी खडा हुन सकेको बताए ।

पुनर्बीमा कम्पनीको ईतिहासलाई स्मरण गर्दै पुनर्बीमा कम्पनीहरुले अझै पनि आफू हुर्कदै गरेको बच्चको रुपमा कम्पनीलाई नसोच्न आग्रह गरे । कम्पनीले ग्लोबल मार्केटमा सेल गर्न सक्ने हैसियत राख्नुपर्ने बताए ।
सरकारले बिजनेस दिने भएकाले नेपालको बीमा क्षेत्र निर्भरतामा क्षेत्रबाट मुक्त हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।

नेपाल लाइफ सिईओ, प्रविण रमण पराजुली

कम्पनीको दाबी भुक्तानीको प्रकृयालाई पुनर्बीमा कम्पनीको तफबाट छिटो र छरिटो हुनुपर्ने सुझाव दिएका छन् ।
एक बर्षसम्म पनि भुक्तानी दिन समय लागेको भन्दै गुनासो उनले कार्यक्रममा व्यक्त गरे। बीमा कम्पनीहरुमार्फत सम्पूर्ण डकुमेन्ट गईसक्दा पनि बीमितलाई दाबी भुक्तानीमा ढिलाई गर्दा बीमा क्षेत्रमा नै यसले असर गर्ने हुँदा यस बिषयमा थप सजग हुनुपर्ने र आगामी दिनमा सहजीकरण गर्न तर्फ कम्पनीलाई सुझाव दिएका छन् ।

रि इन्स्योरेन्सको पाटो विजनेस मात्रै नभई तालिम हुनु जरुरी रहेको रहेको बताए । संस्थाको क्षमता अभिवृद्धि गर्न तालिमहरुले थप सहयोग गनुपर्ने सुझाव दिए । राष्ट्रिय वा अन्तराष्ट्रिय सोमिनार एवं तालिमहरुले व्यवसाय विस्तारमा थप सहयोग पुग्ने उनले बताए ।

नेपाल बीमक संघ, चंकी क्षेत्री
प्रतिपर्धात्मक भावनाबाट क्रसित नभई सशक्त रुपमा अघि बढ्न जरुरी रहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।कम्पनीले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेतर्फ सोच्न आवश्यक रहेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

त्यस्तै, उनले स्वदेशमा मात्रै सीमित नभई बाहिरी देशबाट बिजनेस ल्याउन प्रतिस्पर्धी बन्दा नेपालको पुनर्बीमा व्यवसाय निकै अघि बढ्ने सुझाव दिए ।नेपाल रि इन्स्योरेन्स नेपाल भित्रै भएका व्यवसायहरुको पनि रिक्स कभर गर्न नसकेको कारण बाहिरी रि इन्स्योरेन्स कम्पनीहरुमा गनुपर्ने अझै पनि बाध्यता रहेका छन् ।

यसतर्फत पनि कम्पनीले ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*