नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि निष्काशन

२३ कार्तिक २०७९, बुधबार १०:५९

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज (कात्तिक २३ गते)देखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो ।

सो योजना अन्तर्गत क्यापिटलले बिक्री गर्न लागेको प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ । जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ । कम्पनीले बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्न लागेको हो ।

सो इकाईका लागि कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति मंसिर ७ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*