पुनर्बीमा कम्पनीको लगानी २० अर्ब माथि, कुन क्षेत्रमा कति ?

२९ कार्तिक २०७९, मंगलवार १५:०२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बैंक तथा वित्तिय संस्था र अन्य लगानी क्षेत्र गरि २० अर्ब १ करोड रुपैयाँ लगानी गरेको छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा ९ करोड ४७ लाख रुपैयाँ रकम लगानी गरेको छ ।क ख, ग वर्गको बैंक तथा वित्तिय संस्थाको अग्राधिकार शेयर १ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको वित्तिय विवरणमा प्रस्तुत छ ।

त्यस्तै, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख रुपैयाँ, ख वर्गको मुद्धती निक्षेपमा १ करोड करोड ९६ करोड रुपैयाँ र अन्य लगानीमा १ अर्ब रुपैयाँ लगानी गरेको तथ्यांकमा उल्लेख रहेको छ।

कम्पनीले शेयरमा बाहेक सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरको देखिएको छ। कम्पनीले उपलब्ध गराएको विवरण अनुसार ७६.१० प्रतिशत बाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १३ अर्ब ८ करोड रुपैयाँ बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको देखिन्छ। कम्पनीले गएको वर्ष लगानीको दायरा फराकिलो बनाउने रणनीति लिएको थियो। तर अन्य क्षेत्रमा लगानी गर्दा जोखिको विश्लेषण गर्नु पर्ने भएकाले कम्पनीको लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै केन्द्रित छ।

नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य क्षेत्रहरुमा समेत लगानी गरेको छ ।

समग्र बीमा कम्पनीहरुले वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् । तर, सरकारले नै प्राथमिकता प्राप्त क्षेत्र भनेर वर्गीकरण गरेको कृषि तथा पूर्वधारको क्षेत्रमा भने नगन्य लगानी देखिन्छ।

बीमा समितिले जारी गरेको लगानी निर्देशिका अनुसार पुनर्बीमा कम्पनीले घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, वाणिज्य बैंक र विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत, वित्त कम्पनीको मुद्दतिमा १० प्रतिशत र राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लागनी गर्न पाँउछ ।
साथै, सो लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत डिबेञ्चरमा, २० प्रतिशत कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा, ५ प्रतिशत नागरिक लगानी कोष र म्यूचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

त्यस्तै, पुनर्बीमा कम्पनीले घरजग्गाको क्षेत्रमा, सूचीकृत कम्पनीको शेयरमा यस अवधिमा लगानी नगरेको बीमा समितिको तथ्यांकले देखाउँछ ।
नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । नेपाल पुनर्बीमा कम्पनीले विश्वका विभिन्न देशमा आफ्नो व्यापार संजाल विस्तार गरिसकेको छ । कम्पनीले पछिल्लो समय विदेशी मुद्रा भित्र्याउन सहयोग गरिरहेको छ। नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा मार्फत हरेक वर्ष अर्बौ रुपैयाँ विदेश पठाउन थाले पछि नेपाल सरकारले यो कम्पनीको स्थापना गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*