मुनाफा बढेसँगै हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२९ कार्तिक २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकको सुधार देखिएको नेप्से परिसूचक आज ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार घटेपनि आज मार्केटमा १ अर्ब २ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको शेयर बढी कारोबार भएको छ ।

कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद मुनाफा गत आवको तुलनामा बढ्न पुगेसँगै सो कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका हुन् । कम्पनीको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख, एनटिसीको ४ करोड ६७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ४८ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*