महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २२ प्रतिशत बढ्यो, अभिकर्ता कमीशन घट्यो

३० कार्तिक २०७९, बुधबार ०९:४३

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेर ३९ करोड ८४ लाख रुपैयाँ पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ५२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको खुद मुनाफा २८ प्रतिशतले बढेर ३ करोड २६ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ मुनाफा जर्आन गरेको थियो ।
कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनी मर्जरको प्रकृयामा रहेको छ । कम्पनीले संस्थापक शेयरधनीलाई रकम थप गर्न लगाएको गत आर्थिक बर्षको तुलनामा ५० प्रतिशतले पुँजि बढाएको छ।

त्यस्तै, कम्पनीको जगेडा कोष ५१ प्रतिशतले बढेर ३१ करोड ७४ लाख रुपैयाँ संचिती रहेको छ भने महाविपत्ति कोष ५७ प्रतिशतले ३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, जीवन बीमा कोष ५६ दशमलव ३४ प्रतिशतले बढेर २ अर्ब ४० करोड पुगेको छ ।

कम्पनीले यस त्रैमाससम्ममा ४३ हजार बीमा पोलिसी बिक्रि गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*