सगरमाथा इन्स्योेरेन्सको वित्तीय विवरण मिश्रित, कूल बीमा शुल्क आम्दानी र नाफा घट्यो

३० कार्तिक २०७९, बुधबार ०९:५७

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा मिश्रित परिणाम देखिएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी र मुनाफा दुवै घटेको छ । त्यस्तै, व्यवस्थापन खर्च बढेको छ भने अन्य आम्दानी समेत घटेको देखिएको छ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार तीन महिनाको अवधीमा कम्पनीले खुद नाफा तीन करोड २५ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवमा कम्पनीले छ करोड १७ लाख एक हजार रुपैयाँ आम्दानी गरेकोमा यस आवको तीन महिने अवधीमा मुनाफा करिब ४८ प्रतिशतले घटेको छ ।

त्यस्तै कम्पनीको व्यवस्थापन खर्च बढेको छ । गत आवको यसै अवधीमा आठ करोड ७५ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको तीन महिनामा आठ करोड ९२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । कम्पनीको कर्जा लगानी, तथा अन्य लगानीबाट प्राप्त आम्दानी समेत घटेको तथ्याङ्कमा देखिएको छ ।

 

 

कम्पनीले गत आवमा यस अवधीमा ९० करोड ६७ लाख ९१ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको समीक्षा अवधीमा ८५ करोड सात लाख ९५ हजार रुपैयाँ मात्रै कूल बीमा शुल्क आम्दानी गरेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.७६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २३५.४४ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २४८.४३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*