आइएमई लाइफ इन्स्योरेन्सको मुनाफा ५४ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन कति ?

३० कार्तिक २०७९, बुधबार १०:०६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवर।ण सार्वजनिक गरेकोछ । कम्पनीले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमाससम्ममा कम्पनीको मुनाफा ५४ प्रतिशतले बढेको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ६ करोड ७६ लाख रुपैयाँ खुद मुनाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड ३६ लाख रुपैयाँ मात्रै रहेको थियो ।

 

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले बढेर ८४ करोड ३१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड २४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।१ अर्ब ४० करोड चुक्ता पुँजी रहेको छ । मर्जरको लागि कम्पनीको हालसम्म कुनै प्रतिकृया रहेको छैन ।

त्यस्तै, कम्पनीको जगेडामा ८३ करोड ७६ लाख संचित र बीमा कोषमा ५ अर्ब १६ करोड र महाविपत्ति कोष ९ करोढ ३० लाख रुपैयाँ रकम संचिती रहेको छ।
कम्पनीको कुल कोषमा रकम यस त्रैमासम्ममा ५४ प्रतिशतल बढेको तथ्यांकमा उल्लेख रहेको छ ।

कम्पनीले यस त्रैमाससम्मा २३ हजार बीमा पोलिसी जारी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*