सानिमा लाइफको बीमा कोष ५२ प्रतिशतले बढ्यो, बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा सकारात्मक प्रगति

३० कार्तिक २०७९, बुधबार ११:२९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीको जीवन बीमा कोषमा उत्साहजनक वृद्धि देखिएको छ । कम्पनीको जीवन बीमा कोष, लगानीबाट प्राप्त आम्दानीमा उच्च बृद्धि देखिएको छ । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषले निकै नै ठूलो भूमिका निर्वाह गर्दछ ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको बीमा कोष ५२ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँ संचिती रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीले २ अर्ब ४६ करोड रुपैयाँ रकम संचिती गरेको थियो । कम्पनीको जगेडा कोष, महाविपत्ति कोषसहित समग्र कोषको आकार २७.८२ प्रतिशतले बढेर तीन अर्ब ८२ करोड नाघेको छ ।

यस त्रैमाससम्मा कम्पनीको खुद मुनाफा १५।४६ प्रतिशतले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष ४ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ ।

कम्पनीको खुद बीमाशुल्क आर्जन सामान्यछ । कम्पनीले चालु आवको यस त्रैमासमा ५४ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको हालको चुक्ता पुँजि दुई अर्ब रुपैयाँ चुक्ता भएको कम्पनीले रिलायन्स लाइफसँग मर्जरमा जाने सम्झौता गरिसकको छ । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन मर्जरमा जान लागेको हो ।

कम्पनीले यस त्रैमासको अवधिसम्मा १४ करोड ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । नयाँ कम्पनी भएकोले दावी भुक्तानी बढेको देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ९३ पैसा रहेको छ । त्यस्तै, कम्पनीसँग हालसम्म कायम बीमा पोलिसी संख्या ६९ हजार नौ वटा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*