तीन महिनामा नेको इन्स्योरेन्सको व्यवसाय ८२ करोड माथि, नाफा पौने ७ करोड हुँदा अन्य सूचांक कस्तो ?

३० कार्तिक २०७९, बुधबार १३:२०

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको तथ्यांकमा कम्पनीको बीमा कोष २१ प्रतिशतले बढेको देखिएको छ। १ अर्ब ४० करोड रुपैयाँ बीमा कोष रहेको कम्पनीको जगेडा कोष भने २९ प्रतिशतले घटेको छ ।

कम्पनीले चुक्ता पुँजि भने ३२ प्रतिशतले बढाएको छ । कम्पनीको चुक्त पुँजि १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीले ६ करोड ७१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ६.६४% ले थोरै हो । अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ७ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद बीमाशुल्क आर्जने घटेर असोज मसान्तसम्म ४४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । साथै, भुक्तानी हुन बाँकी दाबी वापत ५७ करोड ३६ लाख व्यवस्था गरेपछि आम्दानीमा कमी आएको छ ।

कम्पनकिो रिजर्भ कोष २९.०९% ले घटेर ५१ करोड ९७ लाख रुपैयाँमा आएको छ ।वित्तीय विवरण अनुसार नेकोको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*