प्रभु इन्स्योरेन्सको खुद नाफा सहित सबै सूचांकमा प्रगति, नाफा र व्यवसाय दुवैमा बृद्धि

३० कार्तिक २०७९, बुधबार १७:०५

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सबै सूचांकमा प्रगति गर्न सफल भएको छ । समग्र अवस्थामा प्रगति गरेको कम्पनीले मुनाफा ७.५३ प्रतिशतले बृद्धि गरी सात करोड चार लाख १२ लाख पुर्याउन सफल भएको छ ।

प्रभु इन्स्योरेन्सको बीमा कोषमा ९४ करोड ९५ लाख ५४ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको बीमा कोष १४ प्रतिशतले बृद्धि भएको छ । जगेडा कोष र महाविपत्ति कोषसहित कूल कोषको आकार एक अर्ब २७ करोड ६० लाख ५० हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

एक अर्ब २८ करोड ९७ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजि भएको प्रभु इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ४१ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय ५.१० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, कम्पनीको व्यवस्थापन खर्च बढेर पाँच करोडबाट छ करोड पुगेको छ । त्यस्तै, कर्जा, लगानी तथा आम्दानीमा १७.६१ प्रतिशतले बृद्धि भई नौ करोडबाट ११ करोड ३४ लाख पुगेको छ ।

 

प्रभु इन्स्योरेन्स कम्पनीमा कायम बीमा पोलिसी संख्या ३० हजार १२९ वटा रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमा पोलिसी संख्या १४.३८ प्रतिशतले बृद्धि भएको छ ।

समग्रमा प्रभु इन्स्योरेन्स कम्पनीले प्रतिकूल परिस्थितिमा पनि उत्साहजनक व्यवसाय गर्न सफल भएको छ । व्यवस्थापन खर्च बृद्धि बाहेक सबै सूचांकमा आफूलाई प्रगतितर्फ अघि बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*