जनरल इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क र मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

३० कार्तिक २०७९, बुधबार १७:२१

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्ससँग मर्जरमा गई ‘सानिमा जिआइसी’ नामबाट एकीकृत कारोबार सुरु गरिसकेको जनरल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ ।

सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म २५ करोड १९ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क सो अवधिसम्म २ प्रतिशतले घट्न पुगेको हो । गत आवको यसै अवधिसम्म कम्पनीले २५ करोड ७१ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, सो अवधिसम्म कम्पनीको बीमा कोषको आकार २२.७८ प्रतिशतले बढेर कोषमा १४ करोड ८३ लाख रुपैयाँ संचित रहेको छ भने जगेडा कोषको आकार भने ८८.१८ प्रतिशतले घटेर कोषमा १३ करोड ६ लाख रुपैयाँ सीमित रहेको छ । कुल कोषको आकार समेत ७६.४७ प्रतिशतले घटेर २९करोड ५ लाख रुपैयाँ मात्रै संचित रहेको छ ।

त्यस्तै, चालु आवको तीन महिनासम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय समेत २७.३१ प्रतिशतले घटेर ७ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिसम्म कम्पनीले १० करोड ३८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । व्यवस्थापन खर्च समेत यस अवधिसम्म ९.४४ प्रतिशतले बढेको छ ।

आम्दानी घटेर व्यवस्थापन खर्च बढेसँगै यस अवधिसम्म कम्पनीको खुद मुनाफा ३३.४२ प्रतिशतले घटेर १ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको यस अवधिसम्म जारी बीमा पोलिसी संख्या १८ हजार ६७७ रहेको छ ।

सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १९६ रुपैयाँ ८० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*