सानिमा जनरलको खुद नाफामा उच्च बृद्धि, व्यवसाय झनै फराकिलो

३० कार्तिक २०७९, बुधबार १७:५१

काठमाडौं । यही कार्तिक ७ गतेबाट जनरल इन्स्योरेन्स कम्पनीसँग मर्ज भई एकीकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफामा उच्च अंकको बृद्धि देखिएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चार करोड १३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा कम्पनीले जम्मा दुई करोड ४३ लाख ४७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको कुल बीमा शुल्क आम्दानी २६.७५ प्रतिशतले बृद्धि भई २२ करोड ३७ लाखबाट बढेर २८ करोड ३६ लाख ५५३ रुपैयाँ आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्य लगानीबाट प्राप्त आम्दानी २९.४२ प्रतिशतले बृद्धि भई नौ करोड दुई लाख छ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च पनि २९ प्रतिशतले नै बृद्धि हुँदा चार करोड ९२ लाख ५३ हजार पुगेको छ । कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या २१ हजार ८१६ वटा रहेको छ ।
समग्रमा सानिमा जनरल इन्स्योरेन्स हालको सानिमा जिआईसीको वित्तीय अवस्था उत्साहजनक प्रगति गरेको वित्तीय विवरण औल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*