युनाइटेड इन्स्योरेन्सको खुद मुनाफा ९० प्रतिशतले बढ्यो, इपिएस कति ?

३० कार्तिक २०७९, बुधबार १७:४८

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ ।

चालु आवको असोज मसान्तसम्म युनाइटेड इन्स्योरेन्सले २ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिसम्म कम्पनीको प्रोभिजन रकम घटेकाले कम्पनीको नाफा बढ्न पुगेको हो । गत आवको असोज मसान्तसम्म ३९ करोड ६४ लाख रुपैयाँ छुट्याएको प्रोभिजन रकम यस अवधिसम्म घटाएर ३६ करोड ६६ लाख रुपैयाँ रहेकाले नाफा बढ्न पुगेको हो ।

त्यस्तै, चालु आवको तीन महिनासम्ममा इन्स्योरेन्सले ३२ करोड ३१ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिसमम प्रिमियम कलेक्शन भने २६.५८ प्रतिशतले घट्न पुगेको छ । गत आवको यस अवधिसम्म कम्पनीले ४४ करोड एक लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको थियो ।

त्यस्तै, असोज मसान्तसम्म कम्पनीको बीमा कोष भने २९.४० प्रतिशतले बढेर कोषमा ४३ करोड ८४ लाख रुपैयाँ संचित रहेको छ भने जगेडा कोषको आकार ८२.११ प्रतिशतले बढेर कोषमा २१ करोड ४५ लाख रुपैयाँ संचित रहेको छ ।

समिक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा अन्यबाट आम्दानी ९.१० प्रतिशतले घटेर ८ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ भने व्यवस्थापन खर्च ७.१२ प्रतिशतले बढेर ७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म कम्पनीको खुद बीमाशुल्क १९.६८ प्रतिशतले घटेको छ भने खुद दावी भुक्तानी ७०.०५ प्रतिशतले बढेर १२ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्म कम्पनीको जारी बीमा पोलिसी संख्या २७ हजार ९१९ रहेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २९३ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*