पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकांश सूचांकमा प्रगति, इपिएस १२ रुपैयाँ माथि

३० कार्तिक २०७९, बुधबार १८:१५

काठमाडौं । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा प्रुडेन्सियल इन्स्योरेन्सका अधिकांश सूचांकमा सकारात्मक देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ भने बीमा व्यवसाय ११.४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

आज प्रकाशित विवरण अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ६९ करोड ७२ लाख ३७ हजार रुपैयाँ संचिती रहेको छ । जगेडा कोष र महाविपत्ति कोष समेत कूल एक अर्ब चार करोड ८४ लाख रुपैयाँ संचिती रहेको छ ।
एक अर्ब १८ करोड चुक्ता पुँजि भएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनामा तीन करोड ६६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । मुनाफामा सामान्य बृद्धिसँगै कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा रहेको छ ।

कम्पनीको व्यवस्थापन चुस्त दुरुस्त भएका कारण लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ४१.२४ प्रतिशतले बृद्धि भई १० करोड ७६ लाख नाघेको छ । अघिल्लो आवको तीन महिनाको अवधीमा कम्पनीले जम्मा सात करोड ६२ लाख मात्रै आम्दानी गरेको थियो । कम्पनीको व्यवस्थापन खर्च बृद्धि भएको छैन । कम्पनीले पाँच करोड ४७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

समीक्षा अवधीमा कम्पनीको खुद दावी भुक्तानी ३९.४३ प्रतिशतले बृद्धि भई सात करोड ६५ लाख पुगेको छ । त्यस्तै खुद बीमा शुल्क आम्दानी ११ करोड १९ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
कम्पनीमा कायम बीमा पोलिसी संख्या ३२ हजार ८९५ वटा रहेको छ । कम्पनीको प्रतिशेयर कूल सम्पत्ति २६८.५६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*