जीवन बीमा कम्पनीका खुद बीमा शुल्क आम्दानी घट्यो, १९ कम्पनीले ३६ अर्ब संकलन गर्दा कसको बृद्धिदर कति?

३० कार्तिक २०७९, बुधबार २०:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन गत  बर्षको तुलनामा घटेको छ । बढ्दो ब्याजदर र आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा समेत देखिन थालेको छ । चालु आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बीमा कम्पनी खुद बीमा शुल्क आम्दानी ५.८२ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

आम निर्वाचनको कारण पनि बीमा अभिकर्ताहरु त्यसतर्फ अग्रसर हुँदा बीमा कम्पनीहरुमा विजनेस घटेको बीमा अधिकारीहरु बताँउछन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ५ दशमलव ८२ प्रतिशतले घटेपछि सिंगो बीमा क्षेत्रमा चिन्ता छाएको छ । गत आर्थिक बर्षमा ३८ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्ममा ३६ अर्ब रुपैयाँ आर्जन गरेको छ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनी मध्ये आठ वटाको बीमा शुल्क आम्दानी ऋणात्मक देखिएको छ ।

आठ जीवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन घट्यो
यस त्रैमाससम्ममा नौ कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ । यस त्रैमाससम्ममा सरकारी स्वामित्वमा रहेकोे खुद बीमाशुल्क आर्जन सबैभन्दा धेरै घटेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन ७५ प्रतिशते घटेको छ ।
दोस्रो दोस्रोमा एलआइसी नेपालको खुद बीमाशुल्क १४ प्रतिशतले घटेको छ।

तेस्रोमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशत घटेको छ ।
त्यस्तै, प्राईम लाइफको २ प्रतिशत, रिलायबल नेपाल लाइफको ८।१७ प्रतिशत, रिलायन्स लाइफको ०।७६, प्रभु लाइफको ७ प्रतिशत, मेट लाइफको १।९५ प्रतिशतले घटेको छ ।

वृद्धिदरको आधारमा
वृद्धिदरको आधारमा हेर्ने हो भने यस त्रैमाससम्मा सन नेपाल लाइफ अगाडि रहेको छ । प्रथम त्रैमासको अवधिसम्ममा सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ४३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले म्यादी बीमाशुल्क आर्जनमा उल्लेख्नीय बढाउदा गत आर्थिक बर्षको तुलनमा वृद्धिदर अगाडि देखिएको हो ।

दोस्रोमा सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ रहेको छ। कम्पनीको बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा २२ प्रतिशतले बढेको छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढेको छ।

त्यस्तै, सानिमा लाइफको १९ प्रतिशत, ज्योति लाइफको १५ प्रतिशत, सूर्या लाइफले १३ प्रतिशत, सिटिजन लाइफको १२ प्रतिशत, आइएमई लाइफको ६ प्रतिशत, एशियन लाइफको ४ प्रतिशत, नेपाल लाइफको १ प्रतिशत र युनियन लाइफको १ प्रतिशतले वृद्धिदर भएको कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

खुद बीमा शुल्क आर्जनमा नेपाल लाइफको अग्रता
यस त्रैमासको अवधिसम्मा खुद बीमाशुल्क आर्जनको अग्रतामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासम्ममा ९ अर्ब ९३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस त्रैमासको ४ अर्ब ४९ करोड रुपैयाँ आर्जन गर्न सफल भएकोछ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, सानिमा लाइफले २ अर्ब ३१ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ६४ करोड रुपैयाँ, सिटिजनले १ अर्ब ३४ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब २६ करोड रुपैयाँ, मेट लाइफलेृ १ अर्ब २६ करोड रुपैयाँ, प्राईम लाइफले १ अर्ब १४ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले १ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
करोडमा खुद बीमा दाबी भुक्तानी आर्जन गर्ने कम्पनी
ज्योति लाइफले ९१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ८५ करोड रुपैयाँ, आइएमई लाइफले ८४ करोड रुपैयाँ, सन नेपाल लाइफले ८२ करोड रुपैयाँ, गुराँस लाइफले ७४ करोड रुपैयाँ, रिलायन्स लाइफले ७२ करोड रुपैयाँ, प्रभु लाइफले ५१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*