नेपाल पुनर्बिमा कम्पनीको मुनाफा १० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२ मंसिर २०७९, शुक्रबार १०:५०

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा निर्जीवन बीमा व्यवसायतर्फ ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

नेपाल पुनर्बीमा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमाातर्फ १० करोड ८८ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरको विवरण सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ ५७ करोड ५३ लाख ५६ हजार रुपैयाँ र जीवन बिमातर्फ ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म दुवै बीमा व्यवसाय मार्फत ६७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.४४ प्रतिशत ले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ६१ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । लगानी कर्जा र अन्य आयबाट हुने आम्दानी बढ्नाले यसको नाफा पनि बढेको हो । उक्त आय १० करोड ८१ लाख रुपैयाँले बढेर १ अर्ब ३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । असारसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड २ लाख रुपैयाँ र जीवन बिमातर्फ ६९ करोड ७६ लाख ६९ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्जीवन र जीवन दुवैको जगेडा कोष बढेको छ ।

अघिल्लो वर्ष निर्जीवनतर्फ २ अर्ब ४० करोड ९६ लाख रुपैयाँ र जीवनतर्फ ५१ करोड ३६ लाख ९२ हजार रुपैयाँ जगेडा रहेको थियो । निर्जीवन बिमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ०५ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*