आइएमई जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

६ मंसिर २०७९, मंगलवार १०:११

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*